नेभिगेशन
खेलकुद

युगान्डासँगको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौँ–  युगान्डासँगको टी–ट्वेन्टी क्रिकेट सिरिजको दोस्रो खेलमा पनि नेपाली राष्ट्रिय महिला टिम पराजित भएको छ । कीर्तिपुरमा मंगलबार भएको दोस्रो खेलमा नेपाल १ विकेटले पराजित भएको हो । यससँगै युगान्डाले छ खेलको सिरिजमा २–० को अग्रता लिएको छ । नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । युगान्डाकी मुसामालीले सर्वाधिक ३० रन बनाईन् । नेपालकी कविता कुँवर र शबनम राईले २–२ तथा सीता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट लिएपनि त्यसले युगान्डाको हार रोक्न सकेन । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन बनाइन् । यस्तै, सरिता मगरले २२, डोली भट्टले १७ र कप्तान रुबिना क्षेत्रीेल नटआउट ९ रनको योगदान गरिन् । यस्तै सीता राना मगरले ६, इन्दु वर्माले ५ र अप्सरी बेगमले ३ रन बनाए। कविता जोशी सुन्य रनमा आउट भईन् । युगान्डाकी जनेट बाबाजीले २ तथा रिता मुसामाली, कोन्सी वेको र एन्यिपोले १र१ विकेट लिए । सोमबार भएको पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो । तेस्रो खेल बिहीबार हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद