पत्रकारिता छोडी राजनीति थालेका हिरासिंह धामी बने एमालेबाट पालिका अध्यक्ष

बिहीबार, मंसिर ८, २०७९
दार्चुला - दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष नरेन्द्रसिंह धामीले ३,३२२ मत ल्याए । अध्यक्षमा विजयी भएका हिरासिंह धामी पूर्व पत्रकार समेत हुन् । पत्रकार महासंघ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्ष धामीले दुई दशक बढी समय पत्रकारितामा बिताएका थिए । उनी निवर्तमान अध्यक्ष नरेन्द्र धामीलाई पछाडि छाड्दै अध्यक्ष बनेका हुन् । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गौमती भट्टले ३,३२२ मत ल्याएकी छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्