नेभिगेशन
खेलकुद

एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलको उपाधि होड कायमै

काठमाडौँ– एस्टन भिल्लामाथि जित निकाल्दै लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होड कायमै राखेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो । एस्टनको मैदानमा लिभरपुलले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको तेस्रो मिनेटमा डुग्लास लुइजले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, छैटौं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६५ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए । लिभरपुल ३६ खेलमा ८६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । एस्टन ४३ अंक जोडेर ११ औं स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद