आईपीएलमा कोलकाताको सातौँ जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ । मुम्बईमा सोमबार राति कोलकाताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा नितिश रानाले अविजित ४८ रन बनाए । रिन्कु सिंह ४२ रन अविजित रहे । कप्तान श्रेयस एयर ३४ तथा बाबा इन्द्रजितले १५ रन जोडे । राजस्थानका प्रशिद्द कृष्ण, ट्रेन्ट बोल्ट र कुलदिप सेनले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले ५४ रनको अर्धशतकीय इनिङ खेले । जोस बट्लरले २२ तथा शिम्रन हिटम्मायर २७ रनमा अविजित रहे । कोलकाताका टिम साउथीले २ विकेट लिए । यस जितसँगै कोलकाताले १० खेलमा ८ अंक जोडेको छ । कोलकाता सातौं स्थानमा रहेको छ । राजस्थान १० खेल्म्मा १२ अंक जोडेर तेस्रो स्थान रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार