लगातार आठ खेलमा पराजित मुम्बईको पहिलो जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ ।

मुम्बईमा शनिबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले मुम्बईले लगातार ८ खेलमा हार व्यहोरेपछि नवौँ खेलमा पहिलो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे ।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्द कृष्ण,रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय इनिङ खेले ।

रविचन्द्र आश्विनले २१, द्र्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए ।

मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २/२ विकेट लिए ।

यस जितसँगै मुम्बईले पहिलो २ अंक जोडेर पनि तालिकाको पुछारमै रहेको छ ।

राजस्थान ९ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२८
प्रतिक्रिया दिनुहोस्