एएफसी एसियन कप छनोट : नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाली राष्ट्रिय फुटवल टोलीले आज (शुक्रबार) बाट दशरथ रंगशालामा प्रशिक्षण शुरु गरेको हो । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

प्रशिक्षक अल्मुताईरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै चुनौति रहेको बताएका छन् । दक्षिण एसियाली खेल्ने राष्ट्रलाई एसिया कप खेल्ने कुरा ठूलै भएको बताउँदै नेपाल र एसियाकपको स्तर निकै फरक हुने उनले बताए । अझै नेपाली फुटबलको स्तर सुधार्न धेरै बाँकी रहेको बताउँदै केही हदसम्म आशावादी भने रहेको उनले बताए । उनले अहिलेको अवस्थामा फुटबलको विकासका लागि तलबाटै फोकस हुनुपर्नेमा नेपालमा त्यस्तो हुन नसकेको जिकिर गरे ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको शुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२६
प्रतिक्रिया दिनुहोस्