स्कटल्याण्ड र युक्रेनबीचको खेल जुन १ मा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्डबीचको प्ले अफ सेमिफाइनल खेल आगामी जुनमा हुने भएको छ। युक्रेन र स्कटल्याण्डबीचको स्थगित खेल जुन १ मा हुने भएको हो । यस अघि युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ हुने तालिका रहेको थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो । रुसले युक्रेनमाथि युद्दको घोषणा गर्दै आक्रमण सुरु गरेपछि युक्रेनले स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ मा खेल्ने तालिका रहेको छ । विजेता टोलीले कतार विश्वकपमा स्थान बनाउने छन् । फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्