बार्यन च्याम्पियन्स लिगबाट बाहिरियो

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट जर्मन महारथी क्लब बायर्न म्युनिख बाहिरिएको छ ।

मंगलबार राति स्पेनिस क्लब भिल्ला रियलसँग क्वार्टरफाईनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै बायर्न प्रतियोगिताबाट बाहिरिएको हो ।

स्पेनिस क्लब समग्रमा २–१ को नतिजा सहित सेमिफाईनल प्रवेश गर्यो । पहिलो लेगको खेलमा भिल्ला रियलले घरेलु मैदानमा १–० को अग्रता लिएको थियो ।

दोस्रो लेगमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई प्रतियोगितामा अघि बढाउने कोशिश गरेका थिए ।

तर भिल्ला रियलले एक गोल फर्काउँदै समग्रमा २–१ को नतिजा सहित अन्तिम ४ को यात्रा तय गर्यो ।

खेल सकिन दुई मिनेट अघि भिल्ला रियलका स्यामुअल चुक्केजेले बराबरी गोल फर्काएका थिए ।

१६ वर्षको अन्तरमा पहिलो पटक भिल्ला रियल च्याम्पियन्स लिग फुटबलको सेमिफाईनल प्रवेश गरेको हो । अन्तिम चारको खेलमा भिल्ला रियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्