आईपीएल : चेन्नईको पहिलो जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले पहिलो जित दर्ता गरेको छ । मुम्बईमा मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो । चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो । चेन्नईले पाँचौं खेलमा पहिलो जित निकालेको हो । चेन्नईले यस अघिको चार खेलमा लगातार हार व्यहोरेको थियो । चेन्नईले ५ खेलमा २ अंक जोडेको छ । दोस्रो हार बेहोरेको बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्