राजस्थान शीर्ष स्थानमा उक्लियो

बुधबार, मंसिर ७, २०७९
काठमाडौं– शिमरोन हेटमेयरले अविजित ५९ रन बनाउनुका साथै युजभेन्द्र चाहलले चार विकेट लिएपछि राजस्थान रोयल्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्टमाथि ३ रनको रोमाञ्चक विजय हासिल गरेको छ । राजस्थान रोयल्सले खेलेका चारमध्ये चारै खेलमा टस जिटेको छैन । तर, खेलेका चारमध्ये तीन खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । राजस्थान, कोलकाता नाइट राइडर्स, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलोर र लखनउको समान ६ अंक छ । तर, रनरेटका आधरमा राजस्थान शीर्ष स्थानमा रहेको हो । मुम्बईको वाङ्खडे रंगशालामा पनि राजस्थानले टस हारेको थियो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको लखनउले ८ विकेट गुमाएर १६२ रनमात्र बनाउन सक्यो । राजस्थानका लागि हेटमेयरले ३६ बलमा १ चौका र ६ छक्कासहित अविजित ५९ रन बनाए । रविचन्द्रन आश्विनले २८ रन बनाउँदा देबदत्त प्याडिक्कलले २९ बनाए । जो बट्लर र सञ्जु सामसनले समान १३ रन बनाए । लखनउका कृष्णप्पा र जसोन होल्डरले समान दुई विकेट लिए भने आभास खानको नाममा एक विकेट रह्यो । १६६ रनको लक्ष्य पछ्याएको लखनउका लागि क्विन्टन डी ककले ३९ रन बनाउँदा मार्कुस स्टोइनिसले अविजित ३८ रन बनाए । दीपक हुडाले २५ रन बनाउँदा क्रुनाल पाण्डेयले २२ र दशमन्था चमीराले १३ रन बनाए । राजस्थानका युजभेन्द्र चाहलले चार ओभरमा ४१ रन दिएर चार विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिँदा प्रसिद्ध कृष्ण र कुलदीप सेनको नाममा एक/एक विकेट रह्यो । आईपीएलमा आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्