टोरिनोसँग गोलरहित बराबरीमा रोकियो एसी मिलान

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको छ ।

टोरिनोको घरेलु मैदानमा आइतबार राति भएको खेलमा मिलानले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो।

यस बराबरीसँगै ३२ खेलमा ६८ अंक जोडेको मिलान शीर्ष स्थानमा रहेको छ भने टोरिनो ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्