क्यानको जीएममा बृतान्त खनाल नियुक्त

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक (जीएम) मा बृतान्त खनाल नियुक्त भएका छन् । जीएम नियुक्तिका लागि क्यानले गत १ फेब्रुअरीमा क्यानले आवेदन आह्वान गरेको थियो । ३४ जना आवेदकमध्येबाट छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । सोही छनोटबाट खनाल जीएममा नियुक्त भएका हुन् । उनले आगामी वैशाख ३ गतेदेखि जिम्मेवारी सम्हाल्ने क्यानले जनाएको छ । खनालसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुमा काम गरेको अनुभव छ । रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्यानले नयाँ म्यानेजर नियुक्तिको प्रक्रिया थालेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्