एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्वेकिस्तानसँग खेल्दै

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ ।

कीर्गिस्तानमा नेपाली समय अनुसार बिहान १०:४५ बजे नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ । त्यसैले छनोटको पहिलो खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताए ।

प्रशिक्षक बस्नेतले उज्वेकिस्तानविरुद्धको अघिल्ला भेटमा नतिजा राम्रो नभएपनि यस पटक भने सुलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताए ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्