आईपीएल : दोस्रो स्थानमा उक्लियो गुजरात

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लेको हो ।

मुम्बईमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । गुजरातका लागि सुभमन गिलले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै शाही शुदर्शनले ३५ रन बनाउँदा कप्तान हार्दीक पाड्याले २७ रनको योगदान गरे । अन्तिम ओभरको अन्तिम दुई बलमा १२ रन आवश्यक रहेको अवस्थामा राहुल तेवातीयाले दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । बलिङतर्फ पन्जाबका लागि कगिसो रबाडाले दुई विकेट लिए । त्यस्तै राहुल चहारले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लागि लिमा लिभिङ्स्टोनले अर्धशतकीय पारी खेले ।

२७ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै शिखर धावनले ३५ रन बनाउँदा जितेर शर्माले २३ रनको योगदान गरे ।

बलिङतर्फ गुजरातका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै दर्शन नालकान्डेले दुई विकेट लिए । गुजरातका लागि मोहम्द श्वामी, कप्तान हार्दिक पाड्या र लकी फग्यूसनले एक–एक विकेट लिए ।

जितसँगै गुजरातले ३ खेलमा ६ अंक जोडेको छ । गुजरात दोस्रो स्थानमा छ । पराजित पन्जाब ४ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्