नेभिगेशन
अर्थतन्त्र विविध

बढ्यो सार्वजनिक सवारीसाधनको भाडा, कतिले बढ्यो ?

काठमाडौं - इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो समय तेलको मूल्य वृद्धि भइरहेकोले सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो । तेलको मूल्य बढेपछि यातायात व्यवसायीले दबाब दिइरहेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको जनाइएको छ । यातायात व्यवस्था विभागले मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको बताएको छ । भाडाको सूची भने आइतबार सार्वजनिक गरिने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध