नेपाल र थाइल्याण्डको चोनबरी भिड्दै, कसले मार्ला बाजी ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ । एएफसी एसियन कप छनोेटको तयारीमा रहेको नेपालले थप तयारीका लागि थाइल्याण्डको टोलीसँग खेल्न लागेको हो । नेपालले यसअघि थाइल्याण्डसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा नेपाल २–० ले गोलअन्तरले पराजित भएको थियो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२७
प्रतिक्रिया दिनुहोस्