अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनी, स्पेन र नेदरल्याण्डसको जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनी र स्पेनले सहज जित निकालेका छन् । शनिबार राति भएको खेलमा जर्मनीले इजरायललाई २–० गोल अन्तरले पराजित गर्दै सहज निकालेको हो । जर्मनीलाई जित दिलाउन काइ हार्भट्ज र टिमो वेर्नेरले एक एक गोल गरे । यस्तै इन्जुरी समयमा इजरायलका कोहेन पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए । यस्तै, अर्को मैत्रीपूर्ण खेलमा स्पेनले जित निकालेको छ । शनिबार राति भएको खेलमा स्पेनले अल्बानियालाई २–१ गोल अन्तरले हराएको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेस र डानी ओल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए । खेलको ७५ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा उजुनीले गोल गरेपछि खेल १–१ को स्थितिमा पुग्यो । त्यसपछि खेलको ९० औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । यसैगरी, नेदरल्याण्डसले डेनमार्कमाथि ४–२ गोल अन्तरको जित निकाल्यो । खेलको १६ औँ मिनेटमा स्टेभन बर्गविनले गोल गर्दै नेदरल्याण्डसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२२
प्रतिक्रिया दिनुहोस्