नेभिगेशन
खेलकुद

नेपाल सामु १ सय ७४ रनको लक्ष्य

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई जितका लागि ‍‍१७४ रनको लक्ष्य दिएको छ। नेपालसँग टस हारेर ब्याटींग गरेको पीएनजीले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७३ रन जोडेको हो। पीएन‍जीका लागि आसड भलाले ९६ बलको सामना गर्दै ४५ रन जोडे। त्यस्तै लेगा सियकाले ३२ बल खेल्दै २० रन जोडेका थिए। नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २र२ विकेट लिए। त्यस्तै करन केसी‚ आरीफ शेख‚ दिपेन्द्र सिंह एरी‚ पवन शराफले समान १/१ विकेट लिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद