नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले सो कुरा गरेका हुन् । उनले नवौं राष्ट्रिय खेलकुदका लागि कार्यबिधि तयार भइसकेको र छिटै अर्थमन्त्रालयमा पेश गर्ने बताए । उनले जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका लागि छलफल भइरहेको बताए । आगामी आर्थिक बर्षमा खेलक्षेत्रलाई प्रभावकारी बनाउनका लागि प्रयाप्त बजेट बिजनयोजनका लागि प्रतिवद्ध रहेको पनि उनले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्