युएईविरुद्ध नेपालको बलियो शुरुवात, सोमपालले लिए तेस्रो विकेट

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एक दिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका छन् ।

उनले युएईका मुहम्मद वासिमको विकेट लिएका हुन् । ताजा अवस्थामा युएई ९.१ ओभर खेल्दै ३२ रनमा रहेको छ । चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउच गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे ।

युएईका युवा ब्याटर अरविन्दले अघिल्लो महिना आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई हराउन ४६ रनको शानदार पारी खेलेका थिए । लिग टू मा नेपाललगायत कुल ७ टिम सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्