न्युकासलमाथि एभर्टनको रोमाञ्चक जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले न्युकासल युनाईटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा एभर्टनले न्युकासललाई १-० गोल अन्तरले हराएको हो ।

इन्जुरी समयको नवौँ मिनेटमा एलेक्स इओबीको निर्णायक गोलसँगै एभर्टनले महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो । इन्जुरी समय १५ मिनेट खेलिएको थियो।

यस्तै खेलको ८३ औं मिनेटमा एलनले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो । तर पनि न्युकासलले त्यसको फाइदा उठाउन सकेन ।

यस जितसँगै एभर्टनले २७ खेलमा २५ अंकका साथ १७ औं स्थानमा छ । न्युकासल ३१ अंक जोडेर १४ औं स्थानमा छ ।

लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार