भक्तपुरमा होलीसँगै स्टन्ट शोको रौनक, हेर्ने दर्शकको घुइँचो (तस्बिरसहित)

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - आज होली पर्वको अवसरमा भक्तपुरमा स्टन्ट शो भएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित ‘होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स’मा सयौं दर्शकले निशुल्क स्टन्ट हेरेका छन् । मोटरसाइकल उडाउने साहसिक खेल हेर्न धेरै दर्शक पुगेका छन् । हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारीमा कार्यक्रम आयोजना गरिएको हो । दर्शकहरुले प्रोफेसनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायत रमाइलो मानेर हेरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्