आर्सनलमाथि लिभरपुलको जित, शीर्ष स्थानको सिटीसँगको अंक दूरी एकमात्र

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध लिभरपुलले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।

खेलको ५४ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६२ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

योसँगै लिगमा आर्सनलको ६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको भने लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी १ अंकमा झारेको छ ।

दोस्रो स्थानको लिभरपुलले २९ खेलमा ६९ अंक जोडेको छ । शीर्ष स्थानको सिटीको ७० अंक रहेको छ ।

पछिल्लो ९ खेलमा आर्सनलले ५ जित र समान २ बराबर र हारको नतिजा निकालेको थियो।

पराजित आर्सनल २७ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार