सेभिल्लासँग रियलको १० अंकको अग्रता

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिडले मालोर्कालाई ३ - 0 को फराकिलो जित निकालेको छ । यो जितसँगै रियल म्याड्रिडले दोस्रो स्थानको सेभिल्लासँग १० अंकको अग्रता बनाएको छ ।

सोमबार भएको खेलमा पनि फ्रेन्च स्टार करिम बेन्जिमा चम्किएका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा रियलले ५५ औं मिनेटमा अग्रता लिएको थियो । बेन्जिमाको पासलाई भिनिसियस जुनियरले गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाए।

रियलका लागि दोस्रो गोल बेन्जामाले पेनल्टी मार्फत ७७ औं मिनेटमा गरेका थिए । भिनिसियसमाथि फल भएपछि पाएको पेनल्टीलाई बेन्जिमाले सहज गोल गरेका थिए । ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल भने बेन्जिमाले ८२ औ मिनेटमा सम्भव बनाए । 

जितपछि रियलले लालिगामा उपाधि होड बलियो बनाएको छ । २८ खेलबाट रियलको ६६ अंक भएको छ भने समान खेलबाट दोस्रो स्थानको सेभिल्लाको ५६ अंक छ। 

पछिल्लो समय उत्कृष्ट फर्ममा देखिएको रियलले केही दिन अघि च्याम्पियन्स लिगमा दाबेदार पिएसजीमाथि नाटकीय पुनरागमन गर्दै  क्वाटरफाइनल यात्रा सम्भव बनाएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार