क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई बरीबरीमा रोकेको छ । 

सोमबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बरीबरी खेलेको हो ।

यसले लिग उपाधि जित्ने सिटीको अभियानमा धक्का पुगेको छ ।

पेप ग्वार्डिओलाको टिमले खेलमा ७४ प्रतिशत बलमाथि नियन्त्रण राख्दै १८ पल्ट पोस्टमा आक्रमण बुने पनि गोल गर्न भने सकेन । सेलहर्स्ट पार्कमा भएको खेलमा प्यालेसका लागि भिसेन्टे गुइटाले एकपछि अर्को बचाउ गरेपछि बर्नाड लिल्भा र आएमेरक लोपार्टे गोलको नजिक पुगेर पनि चुके ।

यो नतिजापछि सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा एक खेल बढी खेलेर चार अंकले मात्र अगाडि रह्यो । २९ खेलबाट सिटीको ७० अंक छ भने २८ खेल खेलेको लिभरपुलको ६६ अंक छ । बुधबार लिभरपुलले घरमा आर्सनलाई हराउन सके दुई टिमबीचको दूरी एक अंकमा झर्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्