साफ यू-१८ महिला च्याम्पियनसिप आजदेखि शुरु हुँदै, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा ३ चैतमा बंगलादेशको सामना गर्नेछ ।

७ चैतमा फेरि भारतसँग खेल्दा नेपालले ९ चैतमा बंगलादेशसँग खेल्नेछ ।

शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार