युट्युव सञ्चालनका लागि इजाजतपत्र अनिवार्य

बुधबार, मंसिर ७, २०७९

युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट प्रसारण हुने अनलाइन टेलिभिजनहरुले इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू गर्ने भएको छ । 

युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासो आएपछि सरकारले इजाजत लिएर मात्रै इन्टरनेटको माध्यमबाट टेलिभिजन प्रसारण गर्ने व्यवस्था लागू गर्ने भएको हो ।

सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजनहरुले इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू गर्ने भएको छ । युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासो आएपछि सरकारले इजाजत लिएर मात्रै इन्टरनेटको माध्यमबाट टेलिभिजन प्रसारण गर्ने व्यवस्था लागू गर्ने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युब लगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । युट्युब सञ्चालन गर्न ५ लाख रुपैँया र इजाजत लिनुअघि उपभोक्ताको उमेर बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ’यु’ रेटिङ, १० वर्षदेखि १८ वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘आर’ रेटिङ र १८ वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमका लागि ’ए’ रेटिङ दिनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।

अहिले युट्युबमा आउने विभिन्न सामग्रीका कारण प्रयोगकर्ताहरुलाई आजित बनाएको छ । सामाजिक सञ्जालनमा प्रसारण हुने भ्रामक र तथ्यहीन सामग्रीका कारण समाजमा विकृति समेत बढ्दै गएको जनगुनासो छ ।

नेपालमा पछिल्लो समय ओटीटी प्लेटफर्मका प्रयोगकर्ता बढ्दै गएको कारण पनि यसको नियमनका लागि राष्ट्रिय प्रसारण नियमावली ल्याइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ओटीटी प्लेटफर्मका साथै इन्टरनेट मार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्