राष्ट्रपतिद्वारा ‘नो लङगर अनटेबल’ सार्वजनिक, बादी समुदायका पाँच महिलाहरुको कथा

बुधबार, मंसिर ७, २०७९

अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखित पुस्तक ‘नो लङगर अनटेबल’ सार्वजनिक गरिएको छ । राष्ट्रपती कार्यलय शितल निवासमा आयोजित एक समारोहका बिच राष्ट्रपति बिद्यादेबी भण्डारीले उक्त पुस्तक सार्बजनिक गरेकी हुन् ।
 
उक्त पुस्तकमा बादी समुदायका पाँच महिलाहरुको कथा समेटीए छ । पुस्तक सार्बजनिक समारोहमा बोल्दै रास्ट्रपती भण्डारीले अब छुबाछुत र मानब बेचबिखनलाई इतिहास बनाउन संसारभरका मानिस एकजुट हुनु पर्ने बताइन । मानब बेचबिखन संसारकै साझा समस्या भएको छ भन्दै उनले समस्या समाधान गर्न सरकार र संघ संस्थाले एक साथ काम गर्न पर्ने कुरामा जोड दिइन ।

पुस्तक सार्बजनिक कार्यक्रमका लागी यसै साता नेपाल आएकी लेखक ट्रेसीले मानब बेचबिखन हिरोइजम र आशा मा आधारीत रहेको किताब बिश्बभर किताब बिक्री गर्ने ऐमजनमा बेस्ट सेलिङ पुस्तकको सुचीमा रहेको जनाएकी छिन । 

पस्तक पश्चिम नेपालका बिभिन्न जिल्लाबाट भारतका बिभिन्न शहरहरुमा बेचीएका र उद्दार भइ पुनस्थापीत ५ महिलाको कथा समस्या समाधानका लागी मार्ग बन्ने साराको भनाई थियो । कबिता बादी, देबीसारा हन्ना बादी, सरिता परियार, रुथ बादी र सुकमाया बादीको कथाहरु पुस्तकमा समेटिएको छ । कार्यक्रममा बोल्दै पुस्तकमा समाबेश गरीएकी एक पात्र देबीसरा हन्ना बादीले आफुले आखै अगाडी देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडी आउदा खुसी लागेको बताइन ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्