जिराउडको गोलमा एसी मिलानको जित, शीर्ष स्थानमा उक्लियो

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - इटालीयन सिरी ए अन्तर्गत भएको खेलमा एसी मिलानले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा एसी मिलानले नापोलीलाई १-० गोलले पराजित गरेको हो । 

नापोली घरेलु मैदानमा भएको उक्त खेलमा ४९औं मिनेटमा मिलानका ओलिभियर जिराउडले निर्णायक गोल गरे । 
 
जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित नापोली २८ खेलबाट ५७ अंक सहित  तेस्रो स्थानमा रहेको छ । यस्तै इन्टर मिलान दोस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्