स्पेनिस ला लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लियो

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २-१ अन्तरको पुनरागमन जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो । 

तर, टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औँ मिनेटमा खेल बराबरीमा ल्याए । डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेट अघि विजयी गोल गरे ।

जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-१ अन्तरले पराजित गरेकाे छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्