नेभिगेशन
मनोरञ्जन

मौलिक नेपाली लोकबाजा प्रशिक्षण सुरु

प्रदेश १ स्तरीय मौलिक नेपाली लोकबाजा प्रशिक्षण धरानमा सुरुभएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा धरान नृत्य प्रतिष्ठानको स्थानीय ब्यावस्थापनमा शुरु भएको प्रशिक्षण फागुन ३० गते समापन हुनेछ।

कार्यक्रममा प्रदेश १ का १० वटा जिल्लाबाट ६० जना सहभागी छन् । सहभागीलाई भरत बुडाथोकी र दिपेश राईले लोकबाजाको सैद्धान्तिक तथा ब्यावहारिक तालिम दिनेछन् ।

उद्घाटन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम सम्योजनक अशोक कुमार राईको सभापतित्व र धरान उपमहानगरपालिका प्रमुख तिलक राईको प्रमुख आतिथ्यतामा मुनाल सास्कृतिक केन्द्रको हलमा भएको थियो। उद्घाटन समारोहमा धरान प्रज्ञा प्रतिष्ठान, धरान संगीत प्रतिष्ठान, राई यायोक्खा सुनसरीका पदाधिकारीले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै