पीएसजी पराजित, शीर्ष स्थानमै  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - गए राति भएको खेलमा फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन ९पीएसजी० पराजित भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पीएसजी निससँग १-० गोलले पराजित भएको हो । 

घरेलु मैदानमा भएको उक्त खेलमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । खेलमा लिओनल मेस्सी र नेयमार गोल गर्नबाट चुके । 

पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । पराजितसँगै पीएसजी २७ खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा र समान खेलबाट निसको ४९ अंक रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्