नेभिगेशन
खेलकुद

मानेको गोलमा लिभरपुलको जित, सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले वेस्ट ह्यामलाई एक निर्णायक गोल गरी जित निकालेको हो । 

खेलको २७औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गरी टिमलाई जित दिलाउन सफल भए । लिभरपुलले जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ । 

यससँगै लिभरपुलको २७ खेलबाट ६३ अंक रहेो छ भने शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक रहको छ । यस्तै पराजित वेस्ट ह्याम २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद