९३ रुपैयाँमा किनेको पेट्रोल १५० रुपैयाँमा बेच्दा समेत निगमलाई घाटा

बुधबार, मंसिर ७, २०७९

काठमाडौ  बिहीबार मध्यरातदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५र५ रुपैयाँ, आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १० र बाह्य तर्फको हवाई इन्धनमा प्रतिलिटर एक सय रुपैयाँ मूल्य समायोजन गरेको हो ।

पेट्रोलियम पदार्थमा पटक–पटक हुने गरेको मुल्य बृद्धिले उपभोक्ता मारमा पर्ने गरेका छन ।

सरकारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५र५ रुपैयाँ, आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १० र बाह्य तर्फको हवाई इन्धनमा प्रतिलिटर एक सय रुपैयाँ मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेलरमट्टितेल प्रतिलिटर १ सय ३३, आन्तरिक तर्फको हवाई इन्धन प्रतिलिटर १३६ र बाह्य तर्फको हवाई इन्धनमा प्रतिलिटर १ सय रुपैयाँ तोकिएको छ । तर सरकारले पेट्रोलियम पदार्थमा पटक पटक गर्ने मूल्यवृद्धिले आफुहरु मारमा परेको सर्वसाधरणको गुनासो छ ।

निगमका अनुसार नयाँ मूल्य समायोजनपछि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटा लाग्ने अवश्था देखिएको छ । निगमले यसअघि फागुन ७ गते पेट्रोलियम पदार्थमा नयाँ मूल्य समायोजन गरेको थियो । तर सरकारले छोटो अवधिमा पटक पटक मूल्यवृद्धि गर्नुभन्दा कर समायोजन र चुहावट नियन्त्रणमा ध्यान दिनुपर्ने उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ ।

पछिल्लो मुल्य समायोजन पछि पनि निगमले एलपी ग्यासको मूल्य भने यथावत् राखेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य उच्च बिन्दुमा रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र नेपालमा पनि त्यसको असर परेकाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको दाबी गरेको छ ।

निगमले मट्टितेल प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, आन्तरिकतर्फको हवाइ उडानमा प्रतिलिटर २३ रुपैयाँ ८ पैसा र बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर ६० रुपैयाँ २६ पैसा नाफा भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्