नेपाल सुपर लिगको लागि खेलाडीको किनबेच, कुन टोलीमा कुन खेलाडी ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको किनबेच सकिएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।

सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, गौतम श्रेष्ठ लगायत सोल्ड हुँदा फरवार्ड भरत खवासदेखि मिडफिल्डर विक्रम लामासम्मका चर्चित खेलाडी 'अनसोल्ड' भएका छन् ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२७
प्रतिक्रिया दिनुहोस्