काठमाडौं उपत्यकामा पूर्णरूपमा हट्यो स्मार्ट लकडाउन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पू‌र्णरूपमा हटेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ ।

गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो । सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्यो ।

त्यस्तै, फागुन १ गतेदेखि डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्