केशर पुस्तकालयको भवन पनि व्यापारिक प्रयोजनमा दिन चलखेल

बुधबार, मंसिर ७, २०७९

काठमाडौं – ४२ वर्ष पुरानो इतिहास बोकेको केशर पुस्तकालय नेपालको पहिलो सरकारी पुस्तकालय हो । २०७२ सालको विनाशकारी भुकम्पबाट भत्किएको केशर पुस्तकालय अहिले पुनः निर्माणको चरणमा छ ।

१५ करोड लागतमा निर्माण हुने अनुमान गरिएको भएपनि ६० करोडमा ठेक्का लगाइएको पुस्तकालय स्रोतले जनाएको छ । तर अहिले त्यही केशर पुस्तकालय, पुस्तकालयबाट हटाएर व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने समाचार बाहिरिएको छ ।

पुरानो इतिहास बोकेको केशर पुस्तकालय नेपालको पहिलो सरकारी पुस्तकालय हो । केशर पुस्तकालय उपत्यकामा भएका सबै पुस्तकालयमध्ये सबैभन्दा व्यवस्थित छ । तर २०७२ सालको भूकम्पले भत्किएको भवनमा मानिसको आवतजावत गर्न समस्या भएपछि निकै ढिलो गरेर केशर महलको पुननिर्माण सुरु गरेको हो ।

भवन प्रबलीकरण थालेको दुई वर्ष बितिसकेको छ भने यसको निर्माण सम्पन्न गर्ने मिति सकिन अव ४ महिना मात्रै बाँकी छ । तर पुस्तकालय भवनको भौतिक संरचना निर्माणपछि व्यापारिक प्रयोजनका लागि भवन प्रयोग गर्ने भनेर समाचार सार्वजनिक भएपनि शिक्षा मन्त्रालयबाट त्यस्तो आदेश जारी नभएको पुस्तकालय प्रमुख सुरेशकुमार यादवले बताए ।

पुस्तकहरुको संग्राहलय हो केशर पुस्तकालय । जहाँ बिभिन्न किसिमका नयाँ पुराना पुस्तकहरुको संरक्षण गरेर राखिएको छ । तर नेपालको पहिलो पुस्तकालयलाई व्यापारिक प्रयोजनका लागि दिन नहुने पुस्तकालय सहायकको भनाइ छ ।

सरकारको स्वामित्वमा रहेको केसर पुस्तकालयमा बौद्धिक तथा ऐहिासिक महत्व बोकेका थुपै्र पुस्तकहरु छन । सर्वसाधरणका लागि अध्ययनको एक मात्र थलोका रुपमा रहेको पुस्तकालयलाई व्यापारिक प्रयोजनका लागि दिन सान्दर्भिक नहुने कतिपय लेखकको भनाई छ ।

चन्द्र शमशेरका छोरा केसर शमशेरको किशोर अवस्थादेखि नै पुस्तक र पत्रपत्रिका जम्मा गर्ने सोखका कारण उनको व्यक्तिगत चाहनामा पुस्तकालय निर्माण भएको हो । उनले आफूले लामो समयदेखि जम्मा गरेका बौद्धिक तथा ऐतिहासिक सम्पत्ति संग्रहालयको रूपमा जाओस भन्ने इच्छा अनसार मृत्युअघि केशर पुस्तकालय, सरकारलाई सुम्पिएका हुन ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्