युभेन्ट्सको सानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - गएराति युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा जित निकालेको छ । स्टेडियो अर्टेमियो फ्रान्ची फिरेन्जेमा निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोलले पराजित गर्यो । 

खेलको अन्तिम समयसम्म गोल हुन सकेन । खेलको थप समयमा लोरेन्जो भिनुटीले गरेको आत्मघाती गोलबाट युभेन्ट्सको जित निश्चित भयो । 

जित निकालेसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्