हरि खड्का नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर, पाँच हजार जरिवाना  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभाग प्रमुख रहेका खड्काले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएको भन्दै साबिक भ्रष्टाचार निवारण  र प्रचलित भ्रष्टाचार निवारण दुई आरोप सहित दण्ड सजाय हुन मागदावी लिएको थियो । सोही आरोपमा खड्का दोषी ठहर भएका हुन् । 

विशेष अदालतका न्यायाधीशद्वय अब्दिुज अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । जसका कारण उनलाई पाँच हजार रुपैयाँ जरिवाना सुनाइएको छ । 

नेपाल प्रहरीमा जागिर खाँदा खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियारले माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्