नेभिगेशन
विश्व

भारतमा कोरोना संक्रमणदर घट्दै, मृत्यु दर बढ्दै

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर घटिरहेको छ भने मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ४६जनामा कोरोना संक्रमण देखिएको छ ।   

हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २४ लाख ७६ हजार १ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ सय ४१ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ६ हजार ५ सय ४९ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा १ लाख ५७ हजार १ सय ९४ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ११ लाख ७० हजार ६३ पुगेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

युएईको भ्रमण गर्दै ट्रम्प