नेभिगेशन
विश्व

लाल किल्लाबाट मोदीको  सम्बोधन : अब हामी आणविक ‘ब्ल्याकमेल’ सहन गर्दैनौं

काठमाडौं । भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गरिरहेका छन् ।

उनले आफ्नो सम्बोधनमा देशले धेरै दशकदेखि आतंकवादको सामना गरिरहेको उल्लेख गरे । उनले आणविक ब्ल्याकमेल लामो समयदेखि चलेको भन्दै उनले अब आफूहरु ब्ल्याकमेल सहन नसक्ने बताए ।

‘हाम्रो देशले धेरै दशकदेखि आतंकवादको सामना गरिरहेको छ । देशको छाती छेडिएको छ । हामीले नयाँ सामान्यता स्थापित गरेका छौँ । हामी आतंकवादी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई फरक मान्ने छैनौँ ।’

मोदीले भने, ‘भारतले आणविक धम्की सहन नसक्ने निर्णय गरेको छ । आणविक ब्ल्याकमेल लामो समयदेखि चलिरहेको छ । अब हामी ब्ल्याकमेल सहन सक्दैनौँ । यदि शत्रुहरूले भविष्यमा पनि यो प्रयास जारी राखे भने सेनाले निर्णय गर्नेछ ।’ उनले आतंकवादविरुद्ध भारतले उचित जवाफ दिनेछ भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व