नेभिगेशन
विश्व

गाजामा युद्धविराम गर्ने नेतन्याहुको संकेत

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने प्रयास अब बाँकी रहेका सबै बन्धकहरूलाई एकैचोटी रिहा गर्ने कुरामा केन्द्रित भएको संकेत दिएका छन् ।

पहिले विचार गरिँदै गरेको योजनामा ६० दिनको युद्धविराम र केही जीवित इजरायली बन्धकको रिहाइको कुरा थियो । हमासले आफ्ना नेताहरूको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग प्रारम्भिक वार्ताका लागि राजधानी कायरोमा रहेको बताएको बीबीसीले जनाएको छ ।

रिपोर्टहरूका अनुसार, मध्यस्थकर्ताहरूले आगामी हप्तामा सम्झौता हुने आशा राखेका छन् । गत महिना इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता भंग भएपछि इजरायलले एक विवादास्पद योजना घोषणा गरेको थियो ।

घोषणाअन्तर्गत इजरायलले आफ्नो सैन्य अभियान विस्तार गर्नेछ र सम्पूर्ण गाजा पट्टी कब्जा गर्नेछ । यसमा लगभग २० लाख प्यालेस्टिनीले शरण लिएका क्षेत्र पनि पर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व