नेभिगेशन
राजनीति

सशस्त्र प्रहरी असई विक हत्याका प्रतिवादीलाई देउवाद्वारा कांग्रेसमा ‘वेलकम’

काठमाडौं– आपराधिक पृष्ठभूमीका मानिसलाई जोगाएको आरोपबाट मुक्ति नपाइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत अर्का फरार प्रतिवादीलाई पार्टीमा स्वागत (वेलकम) गरिएको छ।

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवलाई कांग्रेसमा प्रवेश गराएको विवरण सतहमा आएको छ। 
प्रहरीको खोजी सूचीमा रहेका यादवलाई बिहीबार पार्टीमा स्वागत गरेका हुन्। 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी–४ का प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित कार्यक्रममा नै प्रतिवादी देवेन्द्रलाई स्वागत गरिएको थियो। 

यो तस्बिर हेर्नुहोस्

devendra_yadav4-1755230868.jpg
महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ। विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले विकको हत्या गरेका थिए। हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति