नेभिगेशन
राजनीति

रबि लामिछानेलाई आजै काठमाडौं अड्डासार गर्न कांग्रेस सांसदको माग


काठमाडौं - कांग्रेस सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई तत्काल काठमाडौं अड्डासार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद मिजारले लामिछानेलाई भैरहवा कारागारमा प्रदान गरिएको सेवा सुविधाका सम्बन्धमा थुप्रै प्रश्न उठेको तथा भावना र आँसुको व्यापार भइरहेकाले तत्काल अड्डासार गर्न माग गरेकी हुन् । 

जिल्ला अदालत रुपन्देहीले १६ जेठमा कारागार स्थानान्तरणको लागि अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले अड्डासार गर्न मानेको छैन । 

कांग्रेस सांसद मिजारले भने लामिछानेको नाममा आँसु र भावनाको व्यवहार भएको भन्दै तत्कालै अड्डासार गर्न माग गरेकी हुन् । 'रबि लामिछानेको नाममा केही पार्टीले संवेदनाको व्यापार गरिरहेका छन् । त्यसैले सरकारलाई अनुरोध गर्दछु, आसु र भावनाको व्यापार गर्ने दोकान बन्द गरिदिनुस् । उहाँलाई कारागार कार्यालय रुपन्देहीबाट काठमाडौं सारिदिनुस् । सरकारले आजै यो व्यवस्था गरोस् । सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति