नेभिगेशन
खेलकुद

किरण चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लबमा अनुबन्धित

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्ध भएका छन् ।

३५ वर्षीय किरण लामो समय क्लबविहीन रहँदै आएका थिए । यो उनको चौंथो विदेशी क्लब हो । नेपालका लागि १०४ अन्तर्राष्ट्रिय क्याप जितिसकेका किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोट्र्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् ।

सन् २००७ देखि राष्ट्रिय टोलीको पोस्ट सम्हाल्दै आएका किरण अब आफ्नै सहखेलाडी आयुष घलानसँगै लिग खेल्ने छन् । हालै बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका २१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद