नेभिगेशन
खेलकुद

नासा सेक्युरिटिज बन्यो नेपाली टोलीको जर्सीको मुख्य प्रायोजक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज हुने भएको छ।

आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता गरिएको हो।

सम्झौता रकम नखुलाए पनि वार्षिक ३ करोड रुपैयाँ हाराहारीमा भएको बताइएको छ।

जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। जसमा विभिन्न कम्पनीले टेन्डरमा भाग लिँदा नासालाई परेको हो।

नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नु अघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो। नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी-२० सिरिज खेल्दै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद