नेभिगेशन
खेलकुद

बालेनले २ लाख दिएका ढाँटलाई ओलीको ५ लाख

काठमाडौं– स्थानीय सरकार काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन)का बिजेत रविन्द्र ढाँटलाई २ लाख पुरस्कार प्रदान गर्नासाथ केन्द्रीय सरकारले पनि ५ लाख दिने घोषणा गरेको छ।

भारतमा भएको खेलमा रविन्द्रले जित निकालेका थिए। उनको सोही खेलको जीतका कारण विश्वभर चर्चा छ। यसबीच काठमाडौं महानगर प्रमुख बालेन शाहले उनलाई २ लाख नगद पुरस्कार हस्तान्तरण गरेका थिए। 

खो–खोको उपबिजेता टीमलाई भने महानगरले ११–११ लाख दिएको थियो। टोली भारतसँग उपविजेता बनेको थियो। 

महानगरले पुरस्कार दिनासाथ संघीय सरकारले पनि पुरस्कार राशीको घोषणा गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले ढाँटलाई ५ लाख नगद दिने निर्णय गराएका छन्।

बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराएका हुन् ।

‘भारतलाई हराएर म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएका रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यस्तै उहाँका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने पनि निर्णय भएको छ।’ 

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई!!’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद