नेभिगेशन
राजनीति

जवाफदेही निकाय जिम्मेवार नभए गालीमात्रै गर्नेको वाहवाही : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही निकाय सधैँ जिम्मेवार हुनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा काम गर्नेले पनि गाली खाने स्थिति आउने उल्लेख गरेका छन् । 

उनले जवाफदेही निकायले जिम्मेवारी बहन नगर्दा गालीमात्रै गर्नेले वाहवाही कमाउने स्थिति आउने बताएका छन् । 

हरेक सरकारी निकाय आफ्नो परिभाषित काममा आफैँ जवाफदेही हुनु पर्नेमा उनको जोड छ । उनले भनेका छन्,– ‘नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन ।’

अहिले किसानले मल पाएनौँ भनिरहेकाले त्यसको परिभाषित जिम्मेवारी लिएका निकायले तत्काल समस्या सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।

‘यो गुनासो तत्काल समाधान गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु, सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस्, समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो’, उनले लेखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति