नेभिगेशन
राजनीति

रास्वपामा सह कोषाध्यक्षबाट कनिष्ठ भए रविका खास दीपक बोहोरा, तर कारण बुझ्न नेता कार्कीको यो पोस्ट हेर्नू

काठमाडौं- रास्वपा सभापति रवि लामिछानेका खास तथा सह कोषाध्यक्ष दीपक बोहोराको घटुवा भएको छ।

उनी अब पदाधिकारी नरहने निर्णय रास्वपा केन्द्रीय समितिको निर्णय आएको छ। तर सचिवालयमा रहने विधानसहितको प्रष्टीकरण नि सतहमा आएको छ।

रास्वपा नेता गणेश कार्कीले सामाजिक सञ्जालमार्फत यस्ता समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट पारेका छन्।

कार्कीका अनुसार, पार्टीको विधान संशोधन प्रक्रिया अन्तर्गत पदाधिकारीको संख्या १३ मा सीमित गर्ने सिफारिस गरिएको थियो। यसअन्तर्गत सह कोषाध्यक्षको पद केवल एकजनामात्र रहने व्यवस्था गरियो। त्यतिबेला सह कोषाध्यक्षमा बसुमाया तामाङ र दीपक बोहरा दुईजना रहेकाले विधानको पालना गर्दै बोहराले उक्त पद छोडेका हुन्।

हेर्नुहोस रास्वपा नेता कार्कीको स्टाटस

Screenshot-2025-08-13-204333-1755097504.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति