नेभिगेशन
राजनीति

नाउपा अध्यक्ष कायम भएपछि ओलीको तस्बिरमुनि रञ्जिताको टीकटक– आज मे उपर आशमा निचे

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)की आधिकारिक अध्यक्ष कायम भएपछि रञ्जिता श्रेष्ठ हर्ष विभोर भएकी छन्। 

उनको यो विभोरता टीकटकमा छचल्किएको छ। 

नाउपाको आधिकारिक अध्यक्ष कायम भएकी उनले बुधबार साँझ टीकटकमा एउटा गीतमा आफूसहित प्रधानमन्त्री केपी ओलीसहितको तस्बिरलाई पृष्ठभूमीमा राखी भिडिओ बनाइन्। 

गीतचाहिँ रोजिन् नाना पाटेकर, सलमान खान र मनिषा कोइराला अभिनित फिल्म ‘खामोसी’को। कविता कृष्णमूर्तीको स्वर रहेको ‘आज मे उपर, आशमा निचे’ भन्ने गीतमा उनको हर्षविभोरता देखिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति